Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको खेल–तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय खेलकुद (राखेप) ले पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो।

नवौं राष्ट्रिय खेल गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म हुने तालिका छ। नेपाल टी–२० लिगको मिति पनि त्यही समय पर्ने भएकाले नेपाल क्रिकेट संघ (क्यान) को प्रस्ताव र सहभागी टोलीको सहमतिपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो।

प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन गरी ११ टिम सहभागी हुनेछन्। पुरुष क्रिकेटमा पनि ११ वटै टिमले प्रतिस्पर्धा गर्नेछन्। ११ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’मा मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन्। समूह ‘बी’मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश १ र एपीएफ छन् ।

प्रतियोगिताका खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइनेछ। फाइनल खेल भदौ ३१ गते हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077