Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

काठमाडौँ । जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ।

१५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो।

तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली काँग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी दिए।

१५ बुँदे माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने काँग्रेसले चेतावनी दिएको छ। तिला हाइड्रोको डीपीआर, आइए, इआइए रिपोर्ट र खर्च विवरण सार्वजनिक गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर ताला लगाइएको सहसचिव बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077