Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटानबीचको खेल सुरु

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भुटानबीचको खेल सुरु भएको छ । दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल सुरु भएको हो ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपालले साफ च्याम्पियनसिप सुरु गरेको हो । नेपाल भुटानविरुद्ध जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ ।

यो पटक साफ च्याम्पियनसिपको उपाधि जितेरै छाड्ने दृढ संकल्पमा नेपाली महिला फुटबल टिम रहेको छ । समूह ‘ए’ मा भारतसँगै बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा नेपालसँगै श्रीलंका र भुटान छन् ।

सुरुवाति ११ मा दीपा शाही र अमिशा कार्कीले स्थान बनाएका छन् । दीपा मिडफिल्डर हुन् भने अमिशा फरवार्ड हुन् । नेपालले भुटानविरुद्ध ४–४–२ को फर्मेसनमा खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077