Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा भुटानविरुद्ध नेपाल १-० ले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा नेपालले भुटान विरुद्ध १-० अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले भुटानविरुद्ध १–० गोलको अग्रता बनाएको हो ।

राष्ट्रिय टिम पुनरागमनमा सावित्रा भण्डारी ‘साम्बा’ गोलले एक गोल गरिन् । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी अमिसा कार्कीको पासमा सावित्राले १२ मिनेटमा गोल गरेकी हुन् ।

उनले झण्डै तीन वर्षपछि राष्ट्रिय टिमबाट खेल्दै गोल पनि गरिन् । आजको खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077