Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसीप : सावित्रा र अनिता चम्कँदा भुटानविरुद्ध नेपाल ४ गोलले विजयी

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपाल भुटानलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपाल ४-० गोलले विजयी भएको हो ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे । सावित्राले खेलको १२ औँ र ६८ औँ मिनेटमा गोल गरिन् भने अनिताले खेलको ५३ औँ र ८५ औँ मिनेटमा गोल गरिन् ।

यो जितसँगै समूह 'ए' रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमवार श्रीलङ्कासँग खेल्नेछ ।

प्रतियोगितामा भोलि समूह 'बी' को दुई वटा खेल हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे भारत र पाकिस्तान खेल्दा दोस्रो खेलमा बेलुकी साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077