Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनसँगको युद्धको लागि उत्तर कोरियासँग हतियार किन्दै रुस

एजेन्सी । पश्चिमा मुलुकले प्रतिबन्ध लगाएको कारण रुसले युक्रेनसँगको युद्धको लागि उत्तर कोरियासँग हतियार किन्ने भएको छ।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसयता पश्चिमा मुलुकहरुले रुसमाथि कडा प्रतिबन्ध लगाउँदै आएका छन् ।

त्यसैले रुसले उत्तर कोरियाबाट हतियार खरिद सुरु गरेको हो । समाचारमा उल्लेख गरिएअनुसार रुसले उत्तर कोरियाबाट धेरै रकेट र तोप पनि खरिद गरेको छ ।

एक अमेरिकी अधिकारीका अनुसार युक्रेनसँगको युद्ध लामो समय चलेको अवस्थामा रुसले उत्तर कोरियाबाट अझै धेरै हतियार खरिद गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077