Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • झन्डै १२ अङ्कले घटेर शेयर बजार आज पनि राताम्मे

    झन्डै १२ अङ्कले घटेर शेयर बजार आज पनि राताम्मे

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 828
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबारको तुलनामा नेप्से ११.९७ अंक घटेर बन्द भएको छ ।

    कारोबार रकम ३६ करोड ४५ लाख रुपैयाँले घटेको छ । मंगलबार एक अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।



    आज नेप्से परिसूचक ०.६१ प्रतिशत घटेर १९३९.८८ विन्दुमा रोकिएको छ । आज २२४ धितोपत्रको २९ लाख ४३ हजार ७६९ कित्ता सेयर ८३ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।



    सेन्सेटिभ इन्डेक्स ०.४५ प्रतिशतले घटेर ३७७.३८ विन्दुमा बन्द भएको छ । कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । म्युचुलअ फन्ड समूहको परिसूचक ०.७८ प्रतिशत वृद्धि भएको छ ।

    सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह रहेको छ । यो समूहको परिसूचक २.४३ प्रतिशत घटेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार