Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनशिपमा भारतले पाकिस्तानलाई हरायो

काठमाण्डौ । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा भारतले पाकिस्तानलाई तीन–शून्य गोलले हराएको छ। जितसँगै भारतले तीन अङ्क जोडेको छ । आजै बेलुका साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सको खेल हुनेछ ।

प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजो मङ्गलवारदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई चार–शून्य गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्ग्लादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । समूह 'ए' मा नेपाल, श्रीलङ्का र भुटान तथा समूह 'बी' मा भारत, बङ्ग्लादेश, पाकिस्तान र माल्दिभ्स छन् । हरेक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाल समूह ‘बी’मा छ । समूह ‘बी’मा नेपाल र भारतसँगै श्रीलंका छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077