Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : माल्दिभ्सलाई पराजित गर्दै बंगलादेश विजयी

काठमाडौं । माल्दिभ्सलाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ए को दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा ३–० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा कुनै गोल थप्न सकेन। बंगलादेशको जितमा कप्तान सविना खातुनले दुई तथा मासुरा प्रविनले एक गोल गरिन् ।

खेलको छैटौँ मिनेटमा मोनिका चक्माको फ्रिकीक गोल पोष्टको पहिलो बारबाट बाहिरिँदा बंगलादेश अग्रता बनाउनबाट चुकेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077