Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा

    वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 747
    SHARES

    काठमाडौं । वसन्तपुरमा जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ ।

    वसन्तपुरमा आज ५४ जना कुमारीको पूजा गरिएको हो । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।



    बुधबार विशेष विधिपूर्वक लिंगो ठड्याएसँगै यो वर्षको ईन्द्रजात्रा शनिबारदेखि नै सुरु भएको छ। पूजाका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको थियो ।



    कुमारी पूजाको आयोजना हिन्दु राष्ट्र संघले गर्दै आइरहेको छ । विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ ।

    कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै कुमारी पूजा गर्दा उनीहरू रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको स्थानीयहरूको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार