Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रेसुंगा क्याम्पसले शिक्षक र कर्मचारी कटौती गर्ने, आर्थिक सङ्कटको घोषणा

    रेसुंगा क्याम्पसले शिक्षक र कर्मचारी कटौती गर्ने, आर्थिक सङ्कटको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 570
    SHARES

    गुल्मी । आर्थिक सङ्कटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक र कर्मचारी कटौती गर्ने भएको छ ।

    आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न कठिनाइ भएको भन्दै ३० साउनको सञ्चालक समिति बैठकले आर्थिक सङ्कटकालको घोषणा गरेको थियो ।



    क्याम्पसले शिक्षक र कर्मचारी गरी ९ जना कटौती गर्ने भएको हो । सञ्चालक समितिले शिक्षक र कर्मचारीलाई स्वेच्छिक अवकाशमा जान भनेको छ । क्याम्पसका शिक्षक र कर्मचारीले ०७८ चैतदेखि ०७९ असार मसान्तसम्मको तलब पाएका छैनन् । उनीहरूलाई तलब भत्ताबापत एक करोड ३५ लाख रुपैयाँ दिन बाँकी रहेको छ ।



    क्याम्पसलाई मासिक ८ लाख रुपैयाँ ऋण लागेपछि आर्थिक सङ्कटकाल घोषणा गरी शिक्षक र कर्मचारी कटौतीको निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

    क्याम्पसमा अहिले विद्यार्थीबाट वार्षिक रूपमा हुने आम्दानी भन्दा प्राध्यापक र कर्मचारीको तलबमा मात्र झण्डै दोब्बर खर्च हुने गरेको छ । सञ्चालक समितिका अध्यक्ष भलामीका अनुसार विद्यार्थीको संख्यामा कमी हुँदा आम्दानीको स्रोत घटेको छ । जसका कारण हरेक वर्ष झण्डै डेढ करोड रुपैयाँ भन्दा बढी ऋण थपिँदै गएको छ ।

    प्राध्यापक र कर्मचारी कटौतीपछि आर्थिक सङ्कटकाल फुकुवा हुनेछ । क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार