Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एलिजाबेथको निधनमा प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

    एलिजाबेथको निधनमा प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 738
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन् ।

    सन् १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई स्मरण गर्दै देउवाले द्वितीयाले आफूलाई काम, सम्मान र सेवाले परिचित गराएको बताएका छन् । प्रधानमन्त्री देउवाले एलिजावेथको निधनमा बेलायती राजपरिवारलाई समवेदना व्यक्त गरेका छन् ।​



    एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् ।



    ९६ वर्षीया उनको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो । दश दिनजतिको राष्ट्रिय शोक र श्रद्धाञ्जली कार्यक्रमपछि एलिजावेथको अन्तिम संस्कार गरिने बताइएको छ ।

    यो अवधिभर बेलायतमा संसद बैठकहरुदेखि कुनै पनि सभा सम्मेलन, औपचारिक समारोह, खेल प्रतियोगिता तथा मनोरञ्नका कार्यक्रम गरिने छैनन् । सन् १९२६ को अप्रिल २१ जन्मिएकी एलिजावेथ सन् १९५२ बेलायतको महारानी बनेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार