Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउँछ : प्रचण्ड

    नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउँछ : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 657
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरणका लागि अब राष्ट्रपतिसँग यताउता गर्ने अधिकार नभएको बताएका छन् ।

    पोखरा पुगेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफूले भेटवार्ता गर्दा दोस्रो पटक पनि नागरिकता विधेयक पारित भएन भने राजीनामा दिनुपर्ने अवस्था आउने आफूले राष्ट्रपतिलाई बताएको प्रचण्डको भनाई छ ।



    ‘राष्ट्रपतिसँग केही दिनअघि भेट हुँदा ठूलै राजनीतिक इस्यु बनाउने पनि देखिएको छ,’उनले भने,’प्रमाणीकरण नगर्ने पनि सम्भावना छ । दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ । राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्न सक्ने व्यवस्था छैन ।’



    संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित पुनस् संसदमा फिर्ता गरेकी थिइन्। उक्त विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनस् पारित भई सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार