Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जनता सहभागी नभएको विकास सफल हुँदैन : मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकांक्षा अनुसारको विकासले नै दिगो हुने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताएकी छन् ।

ललितपुर महानगर–२२, महर्जन समाजको २५ औं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

भुसालले भनिन्, ‘जनता सहभागी नभएको विकास सफल हुदैन, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।’

आफूले बुङ्गमतीका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल लिएको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन् ।

नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीब्रताका साथ अगाडि बढाएको बताएकी भुसालले आगामी दिनमा स्थानीय जनताको गुणस्तर सुधार्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077