Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठोरी नाकाबाट ठूलो परिमाणमा लागूऔषध भित्र्याउँदै गरेका एकजना पक्राउ

वीरगन्ज । पर्साको ठोरी नाकाबाट ठूलो परिमाणमा लागूऔषध भित्र्याउँदै गरेका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ठोरी गाउँपालिका-२ का ३० वर्षीय रवीन्द्र कुमार साह रहेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतको भीखनाठोरीबाट बुधबार मध्यरातमा लागूऔषध बोरामा राखेर पैदल ठोरी नाका हुँदै सुन्दरवस्तीतर्फ आउँदै गरेका साहलाइ प्रहरीले ठोरी-२ सितागुफा नजिक रोकेर चेकजाँच गरेको थियो ।

उनको साथबाट नेपाल प्रतिबन्धित लागूऔषध कोडिवेल सिरप चार सय ७४ बोत्तल बरामद गरिएको छ । लागूऔषधसहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077