Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जंगल विनास गर्दा बाढीपहिरोको जोखिम बढ्दै गयो, डोजर आतंक बन्द हुनुपर्छ : मन्त्री यादव

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्ने बताएका छन् ।

पछिल्लो समय विकासका नाममा जथाभावी डोजर प्रयोग गरी जंगल विनास गर्दा बाढीपहिरोको जोखिम बढ्दै गएकाले जंगल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए ।

उनले भने,'सडक चाहियो भन्दैमा डोजर लाएर जंगल मासेर डाँडा भत्काउने काम अब रोक्नुपर्छ । जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदै छ, त्यसको ख्याल गरेर मात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।'

उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँगसँगै विनास निम्त्याएको उल्लेख गरे ।

'म विकासको विरोधी होइन । तर, विकास गर्ने नाममा विनास ननिम्तियोस्,' उनले भने,'हामीले गरेका विकासले दीर्घकालीन रूपमा सेवा देओस् । तर, हाम्रा विकासले विनासको जोखिम नल्याओस् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077