Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको नयाँ राजा घोषित

एजेन्सी । राजा चार्ल्स तृतीयलाई औपचारिक रूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ । लन्डनस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि, राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।

घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए । गएको बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायतको संविधानानुसार युवराज चार्ल्स स्वतः राजा भएका हुन् ।

शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवंगत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे ।

एक्सेसन काउन्सिलमा गरेको पहिलो सम्बोधनमा भावुक सुनिएका नयाँ राजाले 'आफ्नी प्रिय आमाको सेवामा समर्पित जीवनबारे' बोलेका थिए र उनको पदचाप पछ्याउने वाचा गरेका थिए। 'सम्पूर्ण विश्वले हामी सबैले बेहोरेको अपूरणीय क्षतिमा मसँग सहानुभूति व्यक्त गरिरहेको छ।'

'मेरी आमाको शासनकाल आफ्नो सेवा अवधि, समर्पण र निष्ठाका हिसाबले अतुलनीय रहेको थियो। हामी सबै शोकमा हुँदा पनि हामी यो सबैभन्दा ईमान्दार जीवनका लागि धन्यवाद दिन चाहन्छौँ।' राजाले आफ्नो नयाँ जिम्मेवारीका बारेमा पनि चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077