Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवौं खेलकुद क्रिकेट : बागमती र एनआरएनएको खेल रद्द

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको एनआरएनए स्पोर्टस एकेडेमी र बागमती प्रदेश बीचको खेल रद्द भएको छ ।

आज आइतबार तय भएको खेल मूलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो।

एनआरएनएले पहिलो खेल जितेको थियो। समूह ‘बी’ मा रहेको एनआरएनएले ३ खेलमा ५ अंक ओडेर अंक तालिकाको शीर्ष स्थानमा छ । बागमतीले ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर पुरुष क्रिकेट भने अगाडि नै आयोजना भएको हो।

प्रतियोगितामा ३ विभागीय, ७ प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ। सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077