Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजा चार्ल्स तृतीय पहिलोपटक संसद जाँदै, शोक सभामा सहभागी हुने

एजेन्सी । महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा बनेका चाल्र्स तृतीयले सम्राटको रूपमा आज आफ्नो पहिलो भ्रमण संसद्मा जानेछन् ।

संसद्मा कमन्स र लर्डसले शोक व्यक्त गर्ने बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

आजै उनी एडिनबर्गमा प्रस्थान गर्नेछन्, जहाँ रानीको कफिन होलीरूडहाउसको दरबारमा राखिएको छ । यता शाही परिवारका सदस्यहरू कफिनको पछिपछि हिँड्नेछन् । सेन्ट गिल्स क्याथेड्रलमा महारानीको पार्थिव शरीर सार्वजनिक अवलोकनको लागि राखिनेछ ।

रानीको अन्त्येष्टि सोमबार सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एब्बेमा हुनेछ । त्यसदिन बैंकलाई छुट्टी दिइनेछ ।

चाल्र्स तृतीय गएको शनिबार एक विस्तृत समारोहकोबीच राजा घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077