Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग : बार्यन म्युनिखसँग बार्सिलोना पराजित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना बार्यन म्युनिखसँग हारेको छ ।

गएराति भएको खेलमा बार्सिलोना बार्यनसँग २–० गोल अन्तरले पराजित भएको हो ।

मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । भने दोस्रो हाफमा बार्यनले दुई गोल थपेको हो ।

बार्यन म्युनिखको जितमा लुकास हर्नान्डेज र लेरोय सानेले एकएक गोल गरे ।

योसँगै लगातार दुई जित निकालेको बार्यन समूहको शीर्षस्थानमा छ भने समान ३ अंक जोडेका बार्सिलोना र इन्टर मिलान दोस्रो र तेस्रो स्थानमा छन्। लगातार दुई खेलमा पराजय ब्यहोरेको इन्टर मिलान अंकविहीन रहँदा तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077