Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मर्मतपछि नेपाल एयरलाइन्सको वाइडबडी विमान पुनः जापान उड्यो

काठमाडौं । कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएपछि उडान भरेको आधा घण्टामै काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको वाइडबडी विमान पुनः जापानको नारिता उडेको छ।

मर्मतपछि बुधबार बिहान १० : २२ बजे उक्त वाइडबडी विमान पुनः नारिताको लागि उडेको नेपाल एयरलाइन्सले जनाएको छ।

बुधबार राति ११ बजे काठमाडौंबाट नारिताको लागि उडेको ‘आरए ४३३’ उडान नम्बरको उक्त वाइडबडी विमान उडान भरेको आधा घण्टामै पुनः काठमाडौं फर्किएको थियो।

१८४ जना यात्रु सवार उक्त विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ आएको ककपिटमा संकेत देखिएपछि काठमाडौं फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ।

नेपालकै आकाशभित्रै जहाजमा धुवाँ देखिएको थियो । काठमाडौंमा अवतरणपछि नेपाल वायुसेवा निगमले अर्को विमान नभएकाले ती यात्रुलाई सिनामंगल र ज्ञानेश्वरका दुई होटलमा राखेको थियो।

विमानको कार्गो कम्पार्टमेन्टमा देखिएको समस्या राति नै प्राविधिकहरुले मर्मत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077