Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महामारीको रुपमा फैलिएको डेंगुको अवस्थाबारे संसदलाई जानकारी गराउन प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।

डेंगु रोगका कारण नागरिकहरुको मृत्य हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै सांसद सुवालले त्यसबारे संसदलाई जानकारी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेका हुन् ।

‘कोरोना पछि डेंगु रोगले जनता एकदमै पीडित छन । अस्पतालहरुमा शय्याको अभाव छ । स्वास्थ्यमन्त्रीज्यूले के छ देशका स्थिति यो त महामारीको रुपमा फैलिँदै छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो । तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन ।’

बुधबार प्रतिनिधिसभा बैठकमा सुवालले डेंगु नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077