Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माधव नेपाल भन्छन् – पार्टीबाट टिकट नपाउनेहरू बेहोस होलान् भन्ने चिन्ता छ

    माधव नेपाल भन्छन् – पार्टीबाट टिकट नपाउनेहरू बेहोस होलान् भन्ने चिन्ता छ

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 771
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन्।

    बुधबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले टिकट व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन्।



    उठेर दुई कदम पनि हिँड्न नसक्ने बुढाहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको गुनासो गरे। ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहोस् हुने होकि भन्ने आफूलाई लागेको बताए।



    उनले भने ‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएकोछ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन।’

    उनले पार्टीका नेता, कार्यकर्ताहरूलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए। त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाइ छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार