Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवासहित सबै मन्त्रीले बुझाए सम्पत्ति विवरण

    प्रधानमन्त्री देउवासहित सबै मन्त्रीले बुझाए सम्पत्ति विवरण

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 723
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।

    कार्यालयका अनुसार बुधबार (हिजोसम्म) सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका हुन् ।



    मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार यो आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई सम्पत्ति विवरण बुझाउन हिजोसम्मको समयसीमा थियो ।



    उक्त अवधिमा मन्त्रिपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण बुझाएको एक अधिकारीले जानकारी दिए ।

    ती अधिकारीका अनुसार आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

    उनका अनुसार अब जतिसक्दो छिटो उक्त सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार