Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीद्वारा वेलायतका राजा चार्ल्सलाई बधाई

    एमाले अध्यक्ष ओलीद्वारा वेलायतका राजा चार्ल्सलाई बधाई

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 918
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त अधिराज्य वेलायतका नयाँ राजा चार्ल्सलाई बधाई सन्देश पठाएका छन् ।

    सन्देशमा अध्यक्ष ओलीले राजा चार्ल्सको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको एमाले प्रचार विभागले जनाएको छ ।



    नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र वेलायतसँगको सुमधुर सम्बन्ध राजा चार्ल्सको कार्यकालमा अझ सुदृढ हुने ओलीको विश्वास छ । सन्देशमा ओलीले महारानी एलिजावेथ द्वितीयाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै गहिरो समवेदना व्यक्त गरेका थिए ।



    उपाध्यक्ष सुवास नेम्वाङले आज नेपालस्थित वेलायती राजदूतावासमा पुगी अध्यक्ष ओलीको सन्देश नेपालका लागि वेलायतका राजदूत निकोला पोलिटलाई हस्तान्तरण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार