Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारत भिड्ने

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र भारत भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपाल र साविक विजेता भारतबीचको खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। त्यस संस्करणमा भारतले उपाधि जितेको थियो।

समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो। नेपाल समूह चरणमा विजेता बनेको थियो।

भारतले समूह 'ए' को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो। यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077