Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

    बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 894
    SHARES

    एजेन्सी । बाढी/पहिरोबाट प्रभावित पाकिस्तानले बङ्गलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ ।

    बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भइरहेको पाकिस्तानलाई बङ्गलादेशले १ करोड ४० लाख टाका सहयोग रकम दिने प्रस्ताव गरेको थियो ।



    छिमेकी देशको हैसियतले मानवीय सहयोग गर्न लागेको बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गरेका थिए । तर पाकिस्तानले सहयोग स्वीकार नगर्ने जवाफ दिएको छ ।



    यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार