Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खाएका सव-इन्जिनियर विष्णुविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सल्यानको दार्मा गाउँपालिकामा कार्यरत तत्कालीन करार सव-इन्जिनियर विष्णु रोकाय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उनले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सव-इन्जिनियर पदमा करार नियुक्ति भई सरकारी लाभ लिएको भन्दै अख्तियारले उनीविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सव-इन्जिनियर रोकायले पाल्पा इन्जिनियरिङ कलेज तानसेनबाट जारी भएको झुट्टा विवरणको नक्कली डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्र पेश गरेर जागिर खाएको अख्तियारको दाबी छ ।

उनले २०७४ पुस १६ गतेदेखि २०६७ साल जेठ ८ गतेसम्म गाउँपालिकामा कार्यरत रहेका थिए । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सव-इन्जिनियर पदमा नियुक्त भई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077