Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : भारतमाथि ऐतिहासिक जितसँगै नेपाल फाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।

शुक्रबार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । तर चार पटक नै नेपाल फाइनलमा भारसँग पराजित भएको थियो ।

आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई आठ–शून्य गोलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेको हो । फाइनल खेल सोमवार बेलुकी ५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077