एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ।
यस वर्षको फेब्रुअरीमा सुरू भएको युक्रेन संकटपछि मोदी र पुटिनबीचको यो पहिलो भेटवार्ता हो। यद्यपि यी दुईबीच धेरै फोन वार्ता भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
छलफलमा मोदीले रूसी राष्ट्रपति पुटिनलाई यो युद्ध लड्ने युग नभएको बताएका थिए।
सांघाई को-अपरेसनमा सहभागी हुन पुगेका दुई नेताबीचको छलफलमा प्रजातन्त्र, संवाद र कूटनीतिको महत्त्वलाई जोड दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई यो युद्धको युग नभएको बताएका थिए।
रूस र युक्रेनबीच विगत साढे सात महिनादेखि युद्ध चलिरहेको छ। यस युद्धमा हालसम्म १० हजारभन्दा बढी सैनिक मारिएका छन्।