काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्।
लौहपुरुष गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताएका हुन्।
उनले भने, ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ। सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’
संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक भएको बताए।