Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको पहिलो मङ्गल अन्वेषण अभियान सफल

एजेन्सी । चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको छ ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिनभन्दा बढी समयदेखि सामान्य रूपमा काम गरिरहेको छ भने रोभर झुरोङले मंगलग्रहको सतहमा एक हजार ९२१ मिटरको यात्रा गरेको छ।

चीनको तियानवेन–१ प्रोबको आर्बिटर र रोभरले लक्षित वैज्ञानिक अन्वेषण मिसन पूरा गरेको छ र एक हजार ४८० गिगाबाइट कच्चा वैज्ञानिक तथ्याङ्क प्राप्त गरेको छ।

तियानवेन–१ खोजमा एक आर्बिटर, एक ल्यान्डर र एक रोभर हुन्छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077