Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियन्सिपको उपाधिको लागि आज नेपाल र बंगलादेश खेल्दैछन् । खेल काठमाडौंमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ ।

नेपाल र बंगलादेश जसले जिते पनि प्रतियोगिताले नयाँ विजेता पाउनेछ। साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतको यात्रा यसपटक सेमिफाइनलमा टुंगिएपछि प्रतियोगिताले नयाँ च्याम्पियन पाउनलागेको हो।

नेपालले १–० ले हराउँदै यसअघिको सबै संस्करणको विजेता भारतको चुनौती समाप्त पारेको थियो। त्यसअघि समूह चरणमा भारत बंगलादेशसँग ३–० ले पराजित भएको थियो।

भारतमाथि जित निकाल्न सफल दुई टोलीबीच हुने यसपटकको फाइनल रोमाञ्चक हुने देखिएको छ। फाइनलसम्मको यात्रा तय गर्दा यी दुई टोलीले निराश हुनुपरेको छैन। सबै खेल जितेको मात्र होइन दुवै टोलीले अहिलेसम्म गोल खाएका छैनन्।

नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् ।

आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077