Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रहेनन् स्याक्साफोन चिनाउने शुभबहादुर

काठमाडौं । वरिष्ठ संगीतकार शुभ बहादुर सुनामको निधन भएको छ ।

स्याक्सोफोन वादन मार्फत लोकप्रियता हासिल गरेका संगीतकार सुनामको सोमबार बिहान निधन भएको हो ।

संगीतकार सुनामका छोरा दिनेश सुनामले बिहान ४ बजेर ३० मिनेट जाँदा बुवाको मृत्यु भएको पुष्टि गरेको संगीतकार संघका संरक्षक लक्ष्मण शेषले जानकारी दिए ।

७४ वर्षिया सुनाम मृगौला सम्बन्धि समस्याका कारण अस्पताल भर्ना भएका थिए।

उनको उपचारका क्रममा छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो । सुनामको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077