Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसले निर्वाचन आयोगमा ३ बजे बन्द सूची बुझाउने

    कांग्रेसले निर्वाचन आयोगमा ३ बजे बन्द सूची बुझाउने

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 666
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सोमवार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने भएको छ । अन्य दलहरू बन्दसूची बुझाउनका लागि आयोग पुगिसकेका छन् ।

    नेपाली कांग्रेसले दिउँसो ३ बजे आयोग पुगेर बन्दसूची बुझाउने तयारी गरेको छ ।



    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए ।



    अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ ।

    निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतवार र सोमवार समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकेको छ ।

    आज बन्दसूची बुझाउने अन्तिम दिन भएकाले सबै दलले बन्दसूची बुझाउने तयारी गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार