Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मंकीपक्स देखिएपछि चिनियाँ स्वास्थ्य अधिकारीले दिए विदेशीलाई नछुन चेतावनी

एजेन्सी । चीनमा मंकीपक्सका एक संक्रमित फेला परेसँगै एक शीर्ष चिनियाँ स्वास्थ्य अधिकारीले विदेशी नागरिकको सम्पर्कमा नआउन चेतावनी दिएका छन्।

चिनियाँ सामाजिक सञ्जाल वेइबोमा गरेको एक पोस्टमा चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख महामारीविद वु जुनयोउले मानिसहरुलाई विदेशीसँग छालासँग छाला छोइने किसिमको कुनै पनि सम्पर्क नगर्न चेतावनी दिएका हुन्।

उनको यो पोस्टसँगै एक विवाद उत्पन्न भएको छ। यसलाई धेरैले नश्लभेदी अभिव्यक्ति भएको बताएका छन्।

वुले गरेको पोस्टमा पछिल्लो तीन सातामा बाहिरबाट आउने मानिसको सम्पर्कबाट बच्न सुझाव दिइएको छ। अहिलेसम्म चीनमा फेला परेका मंकीपक्सका संक्रमित चिनियाँ हुन् भन्ने खुलेको छैन। दक्षिण पश्चिमी सहर चोंगक्विंगमा विदेशबाट आएका एक व्यक्तिमा मंकीपक्स देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077