Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक

    नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 576
    SHARES

    काठमाडौं । बलिउड सिनेमा ‘उचाइ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । रिलिज डेट नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

    सुरज बडजात्याको निर्देशन रहेको चलचित्र नेपालको सुन्दर हिमाली भेग मनाङ, मुस्ताङ लगायत क्षेत्रमा छायाङ्कन गरिएको हो ।



    चलचित्रमा बलिउडका महानायक अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा, सारिका हसन र ड्यानी डेन्जोङ्पा मुख्य भूमिकामा छन् ।



    मित्रताको साहसिक यात्राको कथा बोकेको यस चलचित्र नेपालको हिमाली भेगमा छायाङ्कनका लागि मुख्य कलाकार परिणिती, बोमन, अनुपम, निर्देशक बडजात्यासहित करिब २०० जनाको टिम गत वर्षको अक्टोबरमा नेपाल आएका थिए ।

    यस चलचित्रमा नेपाली कलाकारहरूले पनि अभिनय गर्ने मौका पाएका छन् । चलचित्र यही वर्षको नोभेम्बर ११ तारिख अर्थात् कार्तिक २५ गते रिलिज हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार