Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसमा आशिंकरूपमा सेना परिचालन गर्ने राष्ट्रपति पुटिनको घोषणा

    रुसमा आशिंकरूपमा सेना परिचालन गर्ने राष्ट्रपति पुटिनको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 960
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसमा आंशिकरूपमा सेना परिचालन गरिने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिकरूपमा सेना परिचालन गर्ने पुटिनले घोषणा गरेका हुन् ।

    युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ ।



    ‘मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिदै आंशिकरूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ’, उनले भने ।



    उनका अनुसार देशमा आंशिकरूपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए ।

    राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशभरि आंशिकरूपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार