Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टिम आज नेपाल आउँदै

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली आज शुक्रबार नेपाल आउँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशको टोली शुक्रबार राति नेपाल आउने जनाएको छ । बंगलादेशको टोली राति ९:१५ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।

बंगलादेशले नेपालसँग असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जुन फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल हो ।

खेलका लागि एन्फाले साधारणतर्फको टिकट ५०० र भिआइपी टिकट एक हजार तोकेको छ ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

जसमा दुई जना नयाँ अनुहारले स्थान बनाएका छन् । ऋतिककुमार खड्का र आशिष चौधरी पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077