Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दशैंमा धरहरा चढ्न नपाइने

    दशैंमा धरहरा चढ्न नपाइने

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 738
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सर्वसाधारणले यस पटकको दशैंमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दशैंमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो ।

    केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिए ।



    धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका छन् । त्यहाँ गहिरा खाल्डा खनिएका छन् ।



    निर्माण कार्य भइरहेकाले जोखिम हुने हुँदा तत्काल धरहरा खुला गर्न नसकिएको बताउँदै उनले धरहरा कहिलेबाट सर्वसाधारणका लागि खुला गरिनेछ, यसै भन्न नसकिने स्पष्ट पारे । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार