काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने बताए छन्।
काठमाडौंको बानेश्वरस्थित रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।
सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए।
उनले मुलुकमा संकटको निकासका लागि अवसर पाउँदा नेपाली कांग्रेसले जिम्मेवारी बहन गर्दै आएको भन्दै भ्रष्टाचार मुक्त शासन प्रणाली कांग्रेसको प्राथमिकता रहेको बताए