Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपतिले नागरिकता विधेयक नरोकेको भए देश सिक्किम हुन्थ्यो : प्रेम सुवाल

नेपालगन्ज । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको प्रमाणिकरण रोकेर देशलाई सिक्किम हुनबाट रोकेको बताएका छन् ।

नेपालगन्जमा पार्टीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सुवालले यस्तो बताएका हुन् ।

नागरिकता विधेयक राष्ट्रघाती भएकाले सुरु देखी नै आफ्नो पार्टीले बिरोध गर्दै आएको सुवालले बताए।

उनले भने, ‘राष्ट्रपतिले विधेयक प्रमाणिकरण नरोकेको भए देश सिक्किम हुन्थ्यो।’

नागरिकता विधेयकका विषयमा नेमकिपाले सुरुदेखी बोल्दै आएको र अहिले विधेयक गलत रहेछ भन्ने कुराको पुष्टी भएको सुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077