Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बिदामा रहेका केयूकेएलका सीईओको राजीनामा माग्दै कार्यकक्षमा तालाबन्दी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यको कार्यकक्षमा तालाबन्दी भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सीईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै राजीनामा माग्दै तालाबन्दी गरेका हुन् ।

केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्य तुरुन्तै राजीनामा माग गर्दै उनको कार्यकक्षमा संगठनका कर्मचारीहरुले तालाबन्दी गरेका हुन् ।

शाक्यले ४ वर्षको कार्यकालका लागि नियुक्ति पाएको २ वर्ष पुग्दासम्म उल्लेख्य रुपमा राजस्व संकलन गर्न नसकेको, मनपरी ढंगबाट कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै आर्थिक लाभ लिएको लोकतान्त्रिक कर्मचारी संघकी अध्यक्ष सारदा कडायतको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077