Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • २ महिनामा २ खर्ब ४४ अर्बको व्यापारघाटा, भदौमा बढ्यो वस्तु आयात

    २ महिनामा २ खर्ब ४४ अर्बको व्यापारघाटा, भदौमा बढ्यो वस्तु आयात

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालले चालु आर्थिक बर्षको २ महिनामा करिव साढे २ खर्बको व्यापारघाटा व्यहोरेको छ ।

    भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउन र भदौ महिनामा नेपालले २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो ।



    यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले कम हो । गत बर्ष पहिलो २ महिनामा नेपालले २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।



    त्यस्तै, भदौ महिनामा वस्तु आयातमा उच्च वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनको तुलनामा भदौमा वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको हो ।

    साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भदौमा आइपुग्दा यो रकम २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

    भन्सार विभागको तथ्यांक अनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ । यस अनुसार साउनको तुलनामा भदौमा वस्तुको आयात ११ अर्बले बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार