Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सुतीजन्य पदार्थको सेवनबाट प्रत्येक घण्टामा ४ जनाले ज्यान गुमाउँदै

    सुतीजन्य पदार्थको सेवनबाट प्रत्येक घण्टामा ४ जनाले ज्यान गुमाउँदै

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 702
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा एक घण्टामा ४ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

    नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थ सेवनबाट स्वास्थ्यमा परेको असरबारे विगत ३० वर्षको तथ्यांक संकलन र विश्लेषण गरी सुझावसहित तयार पारेको ‘हेल्थ इम्प्याक्ट अफ टोब्याको इन नेपाल’ नामक अनुसन्धानात्मक प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरिएको छ ।



    सो प्रतिवेदन नेपाल चिकित्सक संघले हालै आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गर्नुभएको थियो ।



    प्रतिवेदनले विगत ३० वर्षमा नेपालमा धुम्रपान गर्नेको संख्या ३२ प्रतिशतले बढेको र यसैका कारण २० प्रतिशत मानिसको मृत्यु हुने गरेको जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार