Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारततर्फ लैजाँदै गरेको ६० केजी गाँजा बरामद

बारा । प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको ६० केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

जिल्लाको सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट प्हरीले करिब ६० केजी अवैध लागूऔषध गाँजा बरामद गरेको हो।

अन्दाजी ३र४ जना व्यक्तिले ३ वटा बोरामा बोकी लगी रहेको उक्त गाँजाका पोकाहरू प्रहरी चौकी अमृतगन्ज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको थियो।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कायृालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077