Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पाकिस्तानमा बाढीबाट अहिलेसम्म करिब १७ सयको मृत्यु

    पाकिस्तानमा बाढीबाट अहिलेसम्म करिब १७ सयको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 726
    SHARES

    इस्लामावाद । पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ ।

    मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ ।



    यहाँ गएको मनसुनी वर्षाको समयमा एक हजार छ सय ९५ जनाको ज्यान गएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।



    सो प्राधिकरणका अनुसार यहाँ बाढीबाट अरु १२ हजार आठ सय ६५ जना घाइते भएका छन् ।

    प्राधिकरणले आइतबार प्रकाशन गरेको एक समाचारमा मृत्यु हुनेमा बालबालिका छ सय ३० जना रहेका छन् । त्यस्तै अरु तीन सय ४० जना महिलाको पनि सो बाढीमा परेर ज्यान गएको छ ।

    पाकिस्तानको दक्षिणी क्षेत्रको सिन्ध प्रान्तमा बढी मात्रामा बाढीले क्षति पुर्याएको छ । यस प्रान्तमा मात्र सात सय ५९ जनाको ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार