Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • इरानबाट चीन उडेको जहाजमा बम भएको सूचना आएपछि…

    इरानबाट चीन उडेको जहाजमा बम भएको सूचना आएपछि…

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 630
    SHARES

    file photo

    एजेन्सी । इरानबाट चीनका लागि उडेको तहरान एयरलाइन्सको विमानमा बम भएको आशंका गरिएको छ ।

    आइआरएम ०८१ विमानमा बम भएको खबर आएपछि चीनतर्फ जानुपर्ने विमान भारतको दिल्ली तिर मोडिएको थियो ।



    विमानका चालकदलले आकस्मिक अवतरणका लागि भारतको दिल्लीस्थित एटिसीसँग अनुमति मागेको छन् । फ्लाइटकोतर्फबाट दिल्ली एटिसीलाई विमानको आकस्मिक अवतरणको अनुमति मागेको थियो ।



    तर, दिल्ली एटिसीले अवतरणको अनुमति नदिई जयपुरतर्फ जाने सुझाब दिएपछि विमान जयपुरतर्फ मोडिएको थियो ।

    तर, त्यहाँ पनि अवतरण नभएपछि विमान चीनतर्फ नै मोडिएको बताइएको छ । आतंककारी गतिविधिको आशंकामा दिल्लीमा अवतरणको अनुमति नदिइएको अनुमान गरिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार