Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • बिहानीपख कांग्रेसले टुंग्यायो देउवासहित १० उम्मेदवार

    बिहानीपख कांग्रेसले टुंग्यायो देउवासहित १० उम्मेदवार

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ ।

    शनिबार बिहानसम्म बसेको बैठकले संघतर्फ डडेल्धुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।



    भने दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाममा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरुङ, तेह्रथुममा सीता गुरुङको उमेदवारी टुंगो लगाएको छ ।



    त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख) मा ललितजंग शाही, तेह्रथुम (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ (ख) मा खगेन सिंह हाङवाङलगायतका नेतालाई टिकट दिने निर्णय गरेको छ ।

    कांग्रेस संसदीय बोर्ड शनिबार बस्ने बैठकले बाँकी उम्मेदवारहरू तय गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार