Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ऊर्जामन्त्री पम्फा भुसालद्वारा ललितपुर–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ तथा ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएकी छन् ।

सत्ता गठबन्धनको तर्फबाट उनले ललितपुर ३ बाट उम्मेदवारी दर्ता गराएकी हुन् । उनी उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् ।

उनी समर्थकहरूसहित केही नेवारी पोशाकमा सजिएकी युवतीहरूलाई साथ लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् ।

सोही निर्वाचन क्षेत्रबाट भुसाल यसअघि २०७४ सालको निर्वाचनमा पनि विजयी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077